सबैलाई पठाउनु होला

मस्को –   रुसले पश्चिमी देशविरुद्ध ठूलो कदम चाल्ने भएको छ । पोल्याण्ड र बुल्गेरियाले रुसबाट आउने ग्यासको आपूर्ति एक–दुई दिनमा बन्द हुने बताए ।

रसियाको सरकारी ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रुसी मुद्रा रूबलमा कारोबार गर्न भनेको थियो। त्यसो नगरे आपूर्ति बन्द हुने रुसले बताए । दुवै देशले रुबलमा कारोबार गर्न अस्वीकार गरेको छ ।

युरोपेली युनियन र नेटोका यी दुई सदस्य राष्ट्रहरूले उर्जा कम्पनी गाजप्रोमले बुधबारदेखि ग्यास आपूर्ति बन्द गरिने बताएको उल्लेख गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना ‘गैर-सहयोगी राष्ट्रहरू’ बाट डलरको सट्टा रुबलमा भुक्तानी लिने घोषणा गरेपछि रसियाले कुनै देशलाई आपूर्ति कटौती गरेको यो पहिलो पटक रहेको छ ।

रुसको आक्रमणपछि पोल्याण्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ। अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पोल्याण्ड नै हो।

पोल्याण्ड सरकारले यस हप्ता उसको सरकारले युक्रेनी सेनालाई ट्याङ्कहरू पठाने बताएको  छ। यसबाहेक, मङ्गलबार पोल्याण्डले गाजप्रोम सहित ५० रूसी कम्पनी र व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको  हो ।

युरोपले जाडोमा घरहरु तातो बनाउन, बिजुली उत्पादन र इन्धन उद्योगका लागि रुसबाट ठूलो परिमाणमा ग्यास आयात गर्छ। यो आयात युक्रेन युद्ध पछि पनि जारी  रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com