सबैलाई पठाउनु होला

काठमाडौं –   कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

माघ २४ देखि बैंकमा कायम मुकायम सीईओको जिम्मेवारी पाएका खनाललाई बैंकको सञ्चालक समितिले आज (बुधबार)देखि लागू हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त गरे ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनालसँग डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव  रहेको छ ।

यसअघि एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा काम गरेका उनीसँग सिद्धार्थ बैंकमा काम गरेको अनुभव पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com