काठमाडौं – सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

