सबैलाई पठाउनु होला

मस्को –   रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट  तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख गरिएको  छ ।

 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा ‘विशेष सैन्य अपरेसन’ सुरु गरेपछि डल्फिनलाई त्यहाँ सारिएको थियो ।
 
डल्फिनलाई युक्रेनी विशेष बलहरूविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि प्रयोग गर्न सक्ने युएसएनआईले भनेको छ । युक्रेनी विशेष फौजले बन्दरागहमा क्षति पुर्‍याउन सक्ने अनुमानमा डल्फिलन परिचालन गरिएको बताइएको छ ।
 
रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । उत्तरी जलसेनाको आधारमा उसले बेलुगा ह्वेल र सिलहरू राखेको छ ।
बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन् । सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले टार्टस नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com