सबैलाई पठाउनु होला

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।  सोमबार र मंगलबार उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने आयोगको तयारी छ।

आयोगको तालिका अनुसार आयोगले साँझ ५ बजेदेखि ६ बजेसम्ममा नामावली प्रकाशन गर्नेछ।  आजै साँझ ५ बजेसम्म आयोगले उम्मेदवारविरूद्ध परेका उजुरीको जाँचबुझ गरी निर्णय गर्नेछ। त्यसपछि आयोगले नामावली प्रकाशन गर्नेछ।

यसपालि देशभर एक लाख ५२ हजार ४६५ जनाको उम्मेदवारी परेको छ। ३५ हजार २२१ पदका लागि त्यति उम्मेदवारी परेको हो। त्यस्तै उम्मेदवारी फिर्ता गर्न भोलि (शुक्रबार) बिहान १० बजेदेखि ५ बजेसम्मको लागि समय तोकेको छ। त्यसपछि साँझ ६ बजेसम्ममा आयोगले अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com