काठमाडौं महानगर मेयरका उम्मेदवार सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले महिला नेतृत्वलाई स्थान दिन पनि महानगरमा सिंहलाई विजयी बनाउनुपर्ने बताएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहलाई मतदान गर्न काठमाडौं वासीलाई आग्रह गरेका छन्।
‘अघिल्लोपटक सूर्यमा भोट हालेका महिलाले पनि सोंच्नुहोस्। लडाइ घरभित्र पनि छ। बासँग छ, श्रीमानसँग छ, छोरासँग छ। महिलाको लडाई सजिलो छैन,’ उनले भने, ‘जताततै पुरुष भएको ठाउँमा एक जना महिला मेयर, कल्पना गर्नुहोस् त। छोड्दिनुस् सूर्य यो पटक। केही बिग्रिन्न। अघिल्लोपटक सूर्यलाई हाल्नुभएको छ, अर्कोपटक फेरि सूर्यलाई हाल्नुहोला। महिला भएर पनि यो आँट आएको बेलामा उहाँ(सीर्जना सिंह)लाई ठाउँ दिने कि नदिने ?’
उनले भने, ‘उहाँको परीचय के ? आज एउटा महिला म फलानोको छोरी हो। फलानोको आमा हो। म फलानोको श्रीमती हो। म फलानोको बुहारी हो। तर, म; म पनि हो। म सिर्जना सिंह पनि हो भन्नुपर्छ। नातासँग जोड्नुहुँदैन।’

