सबैलाई पठाउनु होला

काठमाडौं –    स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने सहमति भएको छ ।

नगरपालिकाको मेयरमा, नेकपा एमाले र उपमेयरमा, राप्रपाले लिने गरी सहमति भएको हो ।

अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् ।

यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् ।

बागलुङका अन्य स्थानीय तहमा पनि मिलेर निर्वाचनमा जाने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com