सबैलाई पठाउनु होला

काठमाडौं –   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरे।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो आग्रह गरेका  छन् । उनले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा सबै श्रमजीवि जनसमुदाय,   परिवर्तन र न्यायका पक्षधरहरु,  सच्चा कम्युनिष्ट क्रान्तिकारीलाई विशेष आग्रह गर्दछु ।’

संविधानको पूर्ण कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तह निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना पनि दिएका हुन  ।

उनले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रीमजीवि उत्पीडित समुदायको मुख्य कार्यभार भएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com