सबैलाई पठाउनु होला

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताए ।

आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ  रहेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले सो भनाइ सार्वजनिक गरेका  छन्  ।

संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी गर्दै ओलीले भनेका छन्, ‘यसले  स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम, सम्मानित, सुरक्षित श्रम जीवन र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो ।’

‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com