सबैलाई पठाउनु होला

काठमाडौं –  सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको तथा फिर्ता लिने समय नपुगेका ठाउँमा समझदार अनुसार अघि बढ्ने निर्णय गरे ।

आइतबार बिहान बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक र अनुगमन गर्ने सयन्त्रको बैठकले यस्तो निर्णय गरे ।

समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्न गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय भएको  छ ।

यस्तै, बैठकले गठबन्धनको मर्म र भावनाअनुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ। निर्णय पालना नगर्नेलाई सम्बन्धित दलले करबाही गर्ने निर्णय भएको  हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com