सबैलाई पठाउनु होला

रसुवा  –    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रसुवामा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको छ । नेपाली सेनाको सुरक्षामा स्थलमार्गहुँदै शनिबार जिल्लामा ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४५ हजार मतपत्र आइपुगेको छ । स्थानीय तह निर्वाचन आउन अब १२  दिन बाँकी  रहेको छ।

ल्याइएको मतपत्र सुरुमा रुजु गरिने र मतदान केन्द्रको मतदाता संख्या अनुसार पोको पारेर मतपत्र छुट्याइने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताएको छ   ।

उनका अनुसार मतदान अधिकृतको जिम्मामा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाइनेछ ।  जिल्लामा ५ वटा पालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।

निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा  रहेका छन् । जिल्लामा १४५ पदको लागि निर्वाचन हुनेछ ।  जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com