नयाँ दिल्ली – भारतीय विदेश सचिव विनय मोहन क्यात्राले आइतबारबाट कार्यभार सम्हालेका छन् । यसअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए ।
नेपालका लागि राजदूत भएका बेला भारतीय विदेश मन्त्रालयले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको थियो ।
क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि नेपालका लागि भारतीय राजदूत पद खाली छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै विदेश सचिव क्वात्राले विदेश सचिवको रुपमा कार्यभार सम्हालेको तस्बिर सार्वजनिक गरे ।

