सबैलाई पठाउनु होला

काठमाडौं –    ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण जावलाखेलबाट पुल्चोक आउ-जाउ गर्ने सबै प्रकारका सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ ।

सवारी साधनहरुलाई झम्सीखेल हुँदै सुजुकी मोड तथा कानदेवता स्थान आउ-जाउ गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले  बताएको  छ ।

काठमाडौं उपत्यकाका अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको महाशाखाले  जानकारी दिएको  छ ।

आइतबार रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको थियो । रथारोहणसँगै अहिले दर्शनार्थीको भीड  लागिरहेको  छ ।

मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको  मान्दै आएको छ  । रातो मच्छिन्द्रनाथको रथ २१ गते पुल्चोकबाट गाबहाल तान्ने कार्यक्रम  रहेको छ ।

नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको  हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com