सबैलाई पठाउनु होला

काठमाडौं –   नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजीपी) मा नियुक्त धिरजप्रताप सिंह प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षकक (एसपी) मा बढुवा हुँदासम्म ब्याचको एक नम्बर वरियतामा  रहेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बन्दा चाहिँ दुई नम्बरमा झरेको छ  । इन्स्पेक्टर, डीएसपी र एसपी बढुवामा निकै पछाडि रहेका विश्वराज पोखरेल एक नम्बरमा उक्लिएको छ ।

तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालको ओत पाएपछि एसएसपी बढुवामा एक नम्बरमा पुगेका पोखरेलले त्यसयता फर्किएर हेर्नु परेको थिएन ।  केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग निकट सम्बन्ध भएका उनलाई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, मुख्यसचिव लोकदर्शन रेग्मीको पनि साथ रह्यो ।

२०७५ कात्तिकमा काभ्रेमा भएको जीप दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि खाली भएको दरबन्दीमा पोखरेलकै बढुवा भयोको हो  । भावी आईजीपीका लागि रोलक्रम सुनिश्चित गराउने गरी डीआईजी बनाइएका उनलाई एआईजी बनाउन ओली सरकारले दरबन्दी नै थप  गरेको थियो  ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि थाहै नदिइ सरकारले २७ कात्तिक २०७७ मा पोखरेलका लागि एआईजीको दरबन्दी थप गरेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी  परेको थियो ।

समितिले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्यन नगर्न सरकारलाई निर्देशन  दिएको थियो  । समितिको निर्णय सुनुवाइ भएन, बरु पोखरेलको विकल्पमा पनि रोजाइकै अधिकृत आईजीपी बनाउने गरी सहकुलबहादुर थापालाई पनि दरबन्दी थपेर एआईजीमा बढुवा गरियो ।

यो बेलासम्म आईजीपीको दौडमा पोखरेल जित नजिक देखिए । तर जसरी राजनीतिले कोल्टे फेर्‍यो, नेपाल प्रहरीको आईजीपीको दौडमा पनि नयाँ प्रतिस्पर्धी देखिन थालेको छ  ।

लगातार दोस्रो पटक संसद विघटनलाई सर्वोच्च अदालतले अस्वीकृत गरेपछि २९ असारमा शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेपछि नयाँ आईजीपीको खोजी सुरु भएको हो  । किनकी पोखरेल र थापालाई ओली निकट अधिकृतको ‘ट्याग’ लागिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com