सबैलाई पठाउनु होला

विराटनगर –   मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा ना ३ ख ६७६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पूर्वबाट पश्चिमतिर जाँदै गरेको ट्रकले ठक्कर दिँदा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका–१६ का २९ वर्षीय रूपक श्रेष्ठको मृत्यु भएको  छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्‍याउनसाथ राति ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले  जानकारी दिएको  छ।

दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक खोटाङ घर भएका ४४ वर्षीय रविनकुमार राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com