सबैलाई पठाउनु होला

काठमाडौं  – कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन सुजाब दिएको  छ  ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने बताएको छ  ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ ।

हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँन सक्छ  । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ उनले भने । पहिलो लहरमा  भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको र दोस्रो लहरमा दुई हप्तामै नेपालमा फैलिएको उनले बताएको छ  ।

उनले भने, ‘चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’   ।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताएको छ  । यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ  रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com