नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै अध्यक्ष प्रचण्डले भन्नु भयो, “राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु हाम्रो मुख्य प्राथमिकता हो ।”
सन्देशमा वहाले भन्नु भयो, “नेपाल सबै जाति, भाषा, धर्म र समुदायको साझा मुलुक हो । विविधतायुक्त सामुदायिक विशेषताले नै देशमा सुदृढ राष्ट्रिय एकता कायम हुन्छ । राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु हाम्रो मुख्य प्राथमिकता हो । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको छ ।”
प्रचण्डले सन्देशमा थप्नु भयो, “आसन्न स्थानीय तहको निर्वाचनबाट प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै वाम–लोकतान्त्रिक शक्तिहरु सामु संविधान र समग्र प्रणाली कै रक्षा गर्नुपर्ने दायित्व रहेको छ । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा आगामी निर्वाचनमा प्रतिगमनकारी शक्तिहरुलाई पराजित गरी अग्रगामी परिवर्तनकारी शक्तिलाई विजयी गराउन अपील गर्दै इस्लाम समुदायमा पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
अध्यक्ष प्रचण्डको शुभकामना संदेश:


