नेकपा माओबादी केन्द्रबाट गोरखा नगरपालिकाको मेयर पदका उमेद्वार कृष्ण रानामगरले आफुले जिते गोरखा नगरपालिकामा एक रुपैया भ्रष्टाचार गर्न नदिने संकल्प गर्नुभएको छ । गोरखा नगरपालिका क्षेत्र भित्र आक्रामक रुपमा चुनाबी अभियानमा होमिनु भएका उमेद्वार रानामगरले बडा न ६ मा आयोजित घरदैलो कार्यकममा नगरपालिकाभित्रका मतदातासँग भोट माग्दै ईमानदार उमेद्वारलाई पहिचान गरि मतदान गर्न आग्रह गर्नु भएको हो ।
‘म तपाईहरुसँग प्रतिबद्वता गर्न चाहान्छु कि मेयरमा निर्बाचित भए भने एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन, र भष्टचार गर्नेलाई पनि छोडदिन तपाईहरु मलाई एक पटक मत दिएर बिश्बास गर्न गर्नुस ।’
उहाँले मेयरमा निर्बाचित भए गोरखा नगरपालिकालाई नेपालकै एक नम्बरको पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्ने बताएका छन् । प्राकृतिक रुपमा सुन्दर र भरिपुर्ण यो एैतिहासिक नगरलाई विश्व सामु चिनाउदै गोरखा नगरपालिकामा भएको एैतिहासिक पुरातत्वको महत्ब दर्शाउँदै आन्तरिक तथा बाह्य प्रर्यटकलाई भित्र्याएर आर्थिक रुपमा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्वता ब्यक्त गरे। उनले गोरखा नगरपालिकाको बिकास गर्न आफूसँग मात्र भिजन भएको जिकिर गर्नु भयो ।
उहाँले गोरखा नगरपालिका सम्भाबना नै सम्भाबानाको खानी रहेको बताउँदै नगर भित्रका धार्मिक तथा पर्यटकिय स्थलको रुपमा चिनाउने उद्वेश्यले एउटा गुरु योजना बनाएर ठाउँ र भुगोल अनुसार ब्यापारिक केन्द्र बनाउने योजना रहेको बताउनु भएको छ ।

