काठमाडौं – अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनीसँगै अभिनेत्री स्वेता खड्का र कलाकार रविन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका हुन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीनैजनालाई पार्टी प्रवेश गराएका हुन्।
यसअघि अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी थिइन्। अर्की अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध छिन्।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार राजनीतिमा सक्रिय हुँदै आएका छन्।

