सबैलाई पठाउनु होला

विराटनगर –   मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प १६०० नम्बर र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ६३७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा ६३७१ नम्बरको मोटरसाइकलका चालक मोरङ गोविन्दपुरका ४५ वर्षीय गणेश सिटौलाको मृत्यु भएको छ।  दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा साँझ ७:१५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताएको छ ।

दुर्घटनामा १६०० नम्बरको मोटरसाइकलको पछाडि सवार २९ वर्षीय आकाश लिम्बू घाइते भएका छन्। गम्भीर अवस्थाका उनको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको  छ।

दुर्घटनालगत्तै दुवै मोटरसाइकल र १६०० नम्बरको मोटरसाइकलका चालक उर्लाबारी–९ का ३२ वर्षीय योजिनकुमार गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com