सबैलाई पठाउनु होला

काठमाडौं –    ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका हुन  ।

उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिएको छ  ।

यो समाचार तयार पार्दासम्म विष्ट पक्राउ भने परिसकेका छैनन् । लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com