सबैलाई पठाउनु होला

काठमाडौं –   भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित रहेका छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।

सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् ।

वीरगञ्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने जानकारी सुदले ट्वीटरमार्फत दिएका छन् ।

‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ सुदले ट्वीटरमा लेखेका छन् । अब सोनु फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने भएको छ ।

ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका  छन्  । कोरोना महामारीपछि सोनु सुदले कल्याणकारी कार्यमा समेत सक्रियता बढाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com