सबैलाई पठाउनु होला

गोरखा – पालुंगटार नगरपालिकाको मेयर पदकालागि माओवादी केन्द्रबाट विवश चिन्तन ‘अजय’ ले यो पटक टिकट हात पारेका छन् । माओवादी पार्टीमा रहेर निरन्तर जनताको सेवा गरिरहेका अजयको त्याग, तपस्या, धैर्यता, समर्पण र हैकमवादिहरुको बिरुद्ध जुझारु भएको देखेर नै पार्टीले उनलाई मेयर पदका लागि टिकट दिएको हो । लामो समय राजनीतिमा लागेका अजय यतिबेला पालुङटारको मेयरमा स्थापित हुने सपना बुन्दै छन्, र उनको त्यही सपनालाई साकार पर्न पालुंगटारका युवा देखि वृद्धासम्म अजयलाई जिताउन कस्सिएका छन् ।

जनयुद्धको सुरुवाती चरणमा नै अजय भूमिगत भएका थिए । २०५२ सालमा उनी भुमिगत हुँदा उनका परिवार दु:ख र पीडामा थियो । परिवार र आफ्नो खुसीलाई त्यागेर उनी नेपाली समाजको लागि बन्दुक उठाएर युद्धमा होमिएका थिए ।

आफ्नो भविष्य भन्दा देशको भविष्य ठूलो हो र शामन्तवादी जहानियाँ राजतन्त्रलाई हटाउनु पर्छ भन्ने विचार बोकी उनी अघि बढे । यसै क्रममा दु:ख सुखलाई स्वीकार्दै जनमुक्ति सेनाको कमीसार समेत भए ।

हरेक वस्ती, हरेक गाउँ गएर अजयले तानाशाही शाशन व्यवस्थाले चरम विभेद र गरिबी व्यहोर्न बाध्य जनताको मुक्तिको लागि आफ्नो राजनैतिक आवाज बुलन्द गरे । ठूलाबडाले मात्रै राज्यको श्रोत र साधनलाई आफ्नो पेवा बनाउने राजतन्त्रात्मक राज्यव्यबस्थाको बिरुद्ध माओवादीको हरेक एजेन्डालाई जनताको विचमा राखे । पालुङ्टारमा उनले जनतालाई आफ्नै परिवारको सदस्य सम्झी अघि बढिरहे । जनयुद्धको योद्धा हुँदा देखि नै उनलाई जनताले माया गर्थे र, अहिलेसम्म पनि पालुङ्टारका जनताहरु उनैको पक्षमा छन् ।

लामो संघर्षपछि माओवादी शान्ति सम्झौतामा आयो । त्यसपछि झन् अजय राजनीतिलाई नै आफ्नो धर्म बनाएर अघि बढे । र, यसैमा आफ्नो भविष्य र जीवन समर्पण गरे ।

हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पालुङ्टार नगर कमिटीको अध्यक्ष, गण्डकी प्रदेशमा स्थानीय तह विभागको सदस्य र इञ्चार्ज भएर विवश चिन्तन ‘अजय’ले आफ्नो राजनैतिक जीवन अगाडि बढाइरहेका छन् ।

अजयले यो पटक पालुङ्टारको मेयर जित्ने निश्चित नै भइसकेको कुरा पालुंगटार बासीहरुको भनाई छ । राजनीतिलाई नै आफ्नो सेवा बनाएका अजय यतिबेला जनताको हरेक सुखदुखमा समर्पित हुँदै पालुंगटारबासीहरुको प्रगति, उन्नति र बिकाशका सम्पूर्ण काम गर्ने प्रतिबद्धता गरेका छन् भनि पालुंगटारबासी बताउँछन् । उनका समर्थक पालुंगटार बासीहरु भन्छन कि अहिलेको आवश्यकता भनेकै विवश चिन्तन ‘अजय’को बिजय हुनु नै हो ।

विवश चिन्तन ‘अजय’ले कोरोना महामारीको बेलामा गाउँठाउँ पुगि कोरोना संक्रमणको प्रवाह नगरी जनताहरुलाई सहजीकरण गर्ने वातावरण बनाएका थिए । कोरोनाका कारण काम नपाएर भोकमरीमा परेका जनतालाई राहत जुटाउने काम देखि, आवश्यक स्वास्थ्य सामाग्री बितारणमा सहजीकरण गर्ने काममा अजय निरन्तर लागिपरे । काठमाण्डौ र अन्य ठाउँबाट पालुंगटार भित्रिनुपर्ने जनतालाई क्वारेन्टाइनको ब्यबस्था साथै आवस्यक सहयोगहरु गरे । त्यस्तै कामहरुले गर्दा जनताको मनमुटु भित्र उनको सकारात्मक छाप पालुङ्टारमा परेको छ ।

प्रष्ट वक्ता तथा आदर्शशिल र बौद्धिकतामा विश्वास राख्ने अजय यतिबेला नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार भएका हुन् ।

गोरखामा जसपा र काँग्रेसको गठबन्धन हुने भएपनि पालुङ्टारका काँग्रेसहरुबाट माओवादीलाई सहयोग गर्ने कुराहरु पनि सार्वजनिक हुँदै आइरहेको छ । जसपाका सक्रिय स्थानिय नेताहरुले पनि पुरानो सहयात्री भएको नाताले पनि विवश चिन्तनलाई मत दिनु पर्ने नैतिक मान्यता राख्दै आइरहेका छन् ।

हिजो विचलित भएर जाने केही कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किसकेका छन् भने माओवादीमा यस पटक धेरै जना पार्टी प्रवेश पनि गरेका छन् । यसरी अनुमान लगाउँदा अजयको हातमा मेयर पद आइसकेको छ । पालुंगटारका जनताहरु सबै अजयलाई जिताउन गोलाकार भित्रको हँसिया हथौडामा भोट हाल्न तम्तयार रहेका छन् ।

यदिबेला पालुङ्टारमा अजयको एकलौटी मत छ । पालुंगटारका हरेक व्यक्तिले अजयलाई जिताएर पालुङ्टार समृद्ध बनाउने सपना बनाउँदै छन् ।

सक्रिय राजनीतिमा लागेका अजयलाई पालुङ्टार वासीले जिताउन एउटा महाअभियान नै चलाएका छन् । यही महाअभियान देखेर अरु दलबाट मेयरमा उम्मेदवारी दिनेहरु विचलित समेत भएका छन् र केही उम्मेदवारहरुले आफू भारी मतले हार्ने सम्भावना भएपछि पछाडी हट्न पनि चाहेका छन् तर निर्वाचनको कानुन अनुसार अब पछि हट्न पनि सम्भव नरहेको र न्यून मत लिएर हार व्यहोर्न बाध्य नै हुनुपर्ने कुरा बताउँदै छन्।

यसरी हेर्दा, विवश चिन्तन ‘अजय’ले यसपटक पालुङ्टाको मेयरमा जित हाँसिल गर्ने प्रबल सम्भावना रहेको देखिन्छ ।

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको बिज्ञप्ति अनुसार पालुंगटार नगरपालिकामा जसपा र नेपाली कांग्रेस छुट्टाछुट्टै मित्रवत प्रतिस्पर्धा गर्ने भएपछी, यसैको कारण जसपा र कांग्रेसको मत एक आपसमा विभाजित हुने हुँदा र अन्य दलको समर्थकहरु पनि माओवादीसमर्थकहरुको तुलनामा न्युन रहेका कारण पनि माओवादी केन्द्रलाई नै फाइदा हुने भएकोले माओवादीका विवश चिन्तनले नै पालुंगटार नगरपालिकाको मेयरमा जित्ने अवस्था सुनिश्चित नै देखिएको छ ।

यस पटकको स्थानीय चुनावमा माओवादी केन्द्रले पालुंगटार नगरपालिकाको मेयरमा जुझारु र न्यायप्रेमी विवस चिन्तन ‘अजय’ को साथमा उपमेयरमा वन्दना पाण्डे ‘प्रतिमा’लाई उठाएको छ । वन्दना पाण्डे ‘प्रतिमा’ पनि पार्टी गतिविधिमा निरन्तर अनुशाशित र मर्यादित भै लागि परेकी नेतृ हुन् । उनको पार्टी प्रति समर्पण र त्यागलाई कम मुल्यांकन गर्न सकिंदैन । जनसेवामा समर्पित युवा नेतृ प्रतिमा पालुंगटारको बिकाश र निर्माणका लागि निकै महत्वाकांक्षी रहेकी छिन । बिकृति, भष्ट्राचार प्रति खरो तर जनचाहना प्रति सम्बेदनशील व्यक्तित्व भएका अजयलाई मेयरको रुपमा पाउन र प्रतिमालाई उपमेयरको रुपमा पाउन पालुंगटारका जनताहरु आतुर छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com