सबैलाई पठाउनु होला

काठमाडौं –   नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरे  ।

स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरेको छ  ।

केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जारी गरेको विज्ञप्तिमा उल्लेख  गरिएको  छ ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com