सबैलाई पठाउनु होला

चितवन –  नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले चितवनमा पार्टीका कार्यकर्ता अनिल परियारको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन  ।

काँग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि परियारको आइतबार साँझ भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले हत्या गरेका  थिए  ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा परियारको हत्या हुनु वर्तमान गठबन्धनमाथिको प्रहार भएको बनियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ ।
 परियारको हत्यामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्ने काँग्रेस बागमती प्रदेश समितिले माग गरे  ।
यस्तै काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल चितवनले काँग्रेसमा आबद्ध युवामाथि निर्वाचनको पूर्वसन्ध्यामा योजनाबद्ध ढंगले आक्रमण हुनु निर्वाचन बिथोल्ने षड्यन्त्र भएको बताए  ।
तरुण दल चितवनका अध्यक्ष राजन ताम्रकारले एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको चुनावी सभामा उत्तेजित अभिव्यक्ति दिएकै दिन परियारको हत्या हुनुले एमालेको संलग्नता हुन सक्ने आशंका गरे  ।
घटनाको छानविन गरी दोषीमाथि अबिलम्ब कारबाही गर्न तरुणको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com