सबैलाई पठाउनु होला

सन्धिखर्क –     अर्घाखाचीको शितंगगा नगरपालिका १३ का वडा अध्यक्ष पदका उम्मेदार दुर्गा बिसीले उमेर बढाएर आफ्ना नजिकाकालाई वृद्धभत्ता खुवाएको भन्दै उजुरी परेको छ ।

वडाध्यक्ष बिसीले वडा अध्यक्ष भएको समयमा पदको दुरुपयोग गर्दै आफ्ना बुवा केशबहादुर भाट क्षेत्रीलाई नियमविपरित वृद्ध भत्ता खुवाएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी परेको हो।

तत्कालिनरुपमा आफू वडा अध्यक्ष भएको समयमा सहोदर बावु र अन्य आफन्तलाई समेत वृद्धभत्ता खुवाएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताए  ।

सो उजुरीका विषयमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको  छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष जितेका बिसी स्थानीय तह निर्वाचन  २०७९ मा पनि वडा अध्यक्षको उम्मेदार बनेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com