सबैलाई पठाउनु होला

इलाम  –    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माईखोलाबाट इलामतर्फ आउँदै गरेको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ  ।

मृत्यु हुनेमा पाँचथर याङरुप गाउँपालिका ४ घर भई इलाम नगरपालिका ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन्।

मे १ प ६५४४ नम्वरको मोटर साइकलले ना ४ ख ५६६९ नम्बरको ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडीको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिएका छन्  ।

घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको जनाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com