सबैलाई पठाउनु होला

काठमाडौं –     आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिए  ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका छन्  ।

बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको हो  ।

धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com