सबैलाई पठाउनु होला

लन्डन –  कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मंकिपक्स’ नामक भाइरसको संक्रमण देखिन थालेको छ।

विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट सावधानी अपनाउन विश्वका सबै मुलुकहरूलाई आग्रह गरेको छ। अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कैयौं सहरमा देखा परेको थियो।

तर, त्यो समयमा भने भाइरस केही समयमै नियन्त्रणमा आएको थियो। भाइरसको संक्रमण उत्तर अमेरिकी मुलुक तथा युरोपमा पनि देखिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

सुरुमा बेलायतमा देखा परेको भाइरस अमेरिकाको टेक्सासमा पनि फैलिएको छ। भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो।

बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरि फैलिने गर्छ। यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्छ।

डब्ल्यूएचओका अनुसार मंकिपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ। अमेरिकामा मंकिपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com