सबैलाई पठाउनु होला

सभामुख अग्नीप्रसाद सापकोटाले सुन्दरी प्रतियोगितामा भाग लिएकी एकजना किशोरीमाथि भएको यौन हिंसा घटनामाथि छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।  उनले भने,‘यौन हिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा छिटो छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषिलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देश गर्छु ।’

शुक्रबार संसद बैठकमा बोल्दै सभामुख सापकोटाले किशोरी यौन हिंसाको घटनाका विषयमा छिटो छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषिलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसद गगन थापाले सुन्दरी प्रतियोगितामा भाग लिएकी किशोरीमाथि भएको यौनहिंसाको छानबिनको माग गरेपछि सभामुख सापकोटाले घटनाका दोषिलाई कानुनी दायरमा ल्याउन सरकारलाई रुलिङ गरेका हुन्।

हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । पीडितले नामै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावादलगायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी युवाहरुले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरे।

बुधबार एक युवतीले सामाजिक सञ्जालमार्फत २०७१ सालमा भएको एक प्रतिष्प्रधात्मक कार्यक्रममा सहभागिताका क्रममा आयोजकपक्षबाट आफूलाई बलात्कार भएको बताएकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि दोषीलाई कारबाहीको माग उठिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com