सबैलाई पठाउनु होला

रामेछाप –  रामेछापको मन्थली नगरपालिकामा निर्वाचनमा पराजय भोगेपछि कांग्रेस कार्यकर्ताले एमालेमाथि आक्रमण गरे ।

मन्थली नगरपालिका–९ पुरानागाउँमा निर्वाचन पराजय भएपछि नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी (भरत) र कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका हुन्।

बिहीबार साँझ विजय जुलुस गरेर स्थानीयलाई घर-घर पठाउने काममा खटेका एमाले कार्यकर्ता तथा निर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका परिवारका सदस्यलाई एमाले वडा कार्यालयमा नै छिरेर आक्रमण गरी घाइते   बनाएको एमालेले जनाएको हो ।

आक्रमणबाट घाइते भएका एमाले कार्यकर्ता एवं नवनिर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका छोरा उत्तम आरणले नौ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको जानकारी दिएको छ ।

आक्रमणबाट एमालेका पाँच जना कार्यकर्ता घाइते भएका छन्। साइकलको चेन लगायतका हतियारले आक्रमण गर्दा एमाले कार्यकर्ताहरू गौतम आरण, उत्तम आरण, ओमप्रकाश आरण, नारयण आरण तथा खड्गराज आरण घाइते  भएका छन्।

ज्यान नै मार्ने नियतका साथ उनीहरुले आक्रमण गरेको नवनिर्वाचित वडाध्यक्ष गोकर्णराज आरणले बताएको छ । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट साँझ प्रहरी टोली पुरानागाउँ गएको भएपनि आक्रमणकारी भागेका कारण प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिएको हो ।

पुरानागाउँमा एमालेका आरणले ५५० मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार पुलामी मगर ५१६ मत ल्याएर पराजित भएका थिए।

रामेछापको मन्थली नगरपालिका कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गर्दै एमालेका लव श्रेष्‍ठले मेयर पदमा निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसकी यसोदा श्रेष्ठले पराजित गर्दै एमालेकी ईश्‍वरी बस्नेत विजयी भएकी हुन्।

मन्थली नगरपालिकामा एमालेले ६ वडा, कांग्रेसले ६, माओवादीले १ र समाजवादीले १ वडा जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com