सबैलाई पठाउनु होला

अर्घाखाँची  –   अर्घाखाँचीको  वाङलामा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु  भएको छ। गुल्मी घर भइ सन्धिखर्क ४ वाङला स्थित मामाघर बस्ने ७ वर्षीय सम्राट नेपालीलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी  दिएका छन्  ।

मामाघर बसेर पढ्दै आएका नेपाली वाङलाको अमलडाँडामा स्कुल गएर फर्किएपछि खाजा खाएर खेल्न गएका बेलामा उनलाई चितुवाले आक्रमण गरेको थियो।

चितुवाले घरभन्दा करिब १ किलो मीटर टाढा लगेर बायाँतर्फको साप्राको पुरै भाग खाएको अवस्थामा घरपरिवार तथा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अमर थापाले जानकारी दिएको हो ।

गुल्मीको रेसुङ्गा घर भएका नेपाली सन्धिखर्क-४, वाङला अमलडाँडा स्थित आफ्नो मामा लालबहादुर नेपालीको घरमा बसेर भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन  गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com