काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाल सवार गर्दै गरेको गाडी दुर्घटनामा परेको छ ।
उनी सवार गर्दै गरेको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुरका प्रहरी स्रोतले जानकारी दिएको हो ।
प्रहरीका अनुसार उनी सवार गर्दै गरेको गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।
गाडी पोलमा ठोक्किँदा रेणु दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जानकारी दिएको छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको छ । तर अहिले उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीको भनाइ रहेको छ ।

