सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरे  । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका छन्   ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका हुन  । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् । त्यसपछि मेयर साहले वडा अध्यक्षहरुलाई शपथ ग्रहण गराएका हुन  ।

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको आचार्यले जानकारी दिएका  छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com