सबैलाई पठाउनु होला

काठमाडौं –   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसके देशले धेरै क्षति व्यहोर्नुपर्ने बताए  ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेता सिंहले निजगढमा विमानस्थल बनाउन धेरै लगानी र समय खर्च भइसकेको बताउँदै अब पनि बनाउन नसके देशलाई क्षति हुने बताएका छन् ।

‘निजगढमा विमानस्थल बनाउन सकेनौं भने धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ । नेपाल ल्याण्ड लक्डबाट एयर लक्ड हुन सक्छ,’ नेता सिंहले भनेका छन् ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको पूर्ण पाठ आएपछि थप कदम चाल्न सकिने उनले बताएका छन्  । उनले सर्वदलीय समिति गरेर भए पनि फास्ट ट्र्याकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताएका छन्  ।

उनले भने , ‘सर्वदलीय सहमति गरेर भए पनि निजगढ अब फास्ट ट्र्याकमै बनाउनुपर्छ’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com