सबैलाई पठाउनु होला

पोखरा –   पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको थियो  ।

पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका सुवेदीले जानकारी दिएका छन् ।

विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी नै रहेको  छ ।

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com