सबैलाई पठाउनु होला

 

गुनासो चौतारी, ६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।

 

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै यो व्यवस्थामा यो स्थिति हुनु सबैभन्दा बढी माओवादी दोषी भएको  आरोप लगाएका हुन् । राजनीतिक अवस्था लथालिंग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाए ।

‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ,’ उनले भने ।

उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए ।

‘आजको राजनीति भ्रष्ट हुनु, लथालिंग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्‍याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ । हाम्रो हो नि । हामी उम्किने ठाउँ छैन,’ विप्लव सी भने ।

स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ । माओवादी जुन उद्देश्यका साथ परिवर्तनको लागि लडे के उद्देश्य सिमित नेतालाई शक्तिशाली बनाउन धन कमाउन ल्याएको होइन विप्लवसीले बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com