गुनासो चौतारी, ६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै यो व्यवस्थामा यो स्थिति हुनु सबैभन्दा बढी माओवादी दोषी भएको आरोप लगाएका हुन् । राजनीतिक अवस्था लथालिंग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाए ।
‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ,’ उनले भने ।
उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए ।
‘आजको राजनीति भ्रष्ट हुनु, लथालिंग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ । हाम्रो हो नि । हामी उम्किने ठाउँ छैन,’ विप्लव सी भने ।
स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ । माओवादी जुन उद्देश्यका साथ परिवर्तनको लागि लडे के उद्देश्य सिमित नेतालाई शक्तिशाली बनाउन धन कमाउन ल्याएको होइन विप्लवसीले बताए।

