काठमाडौं। समय खराब भए पछि कस्को के लाग्छ र । गरिब भएकै कारण खाना लाउन असुविधा हुन्छ भनेको त पैसा नभएत मर्नै पर्ने रहेछ । यो पृथ्वीमा जन्मदा मात्र मानव भएर जन्मिए तर गरिब पनि रहेछु भन्ने अहिले महसुस भयो । गरिब हुनुको कारण खाडी जान बाध्य भए । खाडी गएको १ वर्ष नबित्दै मेरो पैसा कमाउने सपना चकनाचुर भयो मा अचानक बिरामी भए । र साउदीको हस्पिटल मा उपचारको लागि सहयात्रा गरे ।
तर मेरो दुबै किट्नि फेल भएको खबर मलाई डाक्टर ले सुनाउनु भयो । मा झन् गरिब भए अनि साउदी बाट फर्कन बाध्य भए । नेपाल आए पश्चात मैले मेरो उपचारको लागी फेरि सुरु गरे । अहिले १ वर्ष वित्ती सक्यो । तर म ठीक भइन पैसा पनि सकियो मपनि सकिनी भए । भन्दै भकानिय रमेश । यदी पैसा भए बाच्छु की ? तापाइ हरुको सानो सहयोग ले मैले नयाँ जीवन पाउँछु की plz सहयोग गरिदिन पर्यो भन्नु भयो बरु मा बचे भने फेरि खाडी गएर ऋण तिरौल।

