गुनासो चौतारी काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा स्पेनिस च्याम्पियन रियल मड्रिडले इटालियन क्लब अटलान्टामाथि कठिन जित निकालेको छ । बुधबार राति अन्तिम १६ को पहिलो लेग खेलमा रियलले अटलान्टामाथि १–० गोलको जित निकालेको हो ।
इटालीको बेर्गामोस्थित गेविस स्टेडियममा रियलका लागि फेर्लान मेन्डीले निर्णायक गोल गरेका थिए । उनले खेल सकिन चार मिनेट बाँकी छँदा गोल गर्दै रियललाई जिताएका हुन् ।
त्यसअघि अटलान्टा खेलको १७औँ मिनेटमा नै दस खेलाडीमा सीमित बनेको थियो । अटलान्टाका रेमो रुलरले रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएका थिए ।
रियलले र अटलान्टाले पहिलोपटक एक–अर्काको सामना गरेका हुन् । जितसँगै रियलले क्वार्टरफाइनल यात्रा सहज बनाएको छ । अब दोस्रो लेगको खेल १६ मार्चमा रियलको मैदानमा
- जीहुनेछ ।

