सबैलाई पठाउनु होला

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्ड जाने भएको छ। टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार आयोजित एक कार्यक्रममार्फत टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएको हो।
कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, तथा केन्द्रीय सदस्य छुम्बी लामालगायतले खेलाडीलाई उत्साह प्रदान गर्दै सिरिजका लागि सफलता कामना गरे।
अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलहरूले टोलीलाई लिग-२ मा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।

नेपालले लिग-२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्याण्डसँग आगामी जुन २ देखि १० (जेठ १९-२७) सम्म एकदिवसीय सिरिज खेल्नेछ। उक्त सिरिजपछि नेपालले ती देशहरूसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ। ती खेलहरू जुन १५ देखि २० (असार १-६) सम्म सञ्चालन हुनेछ।

लिग-२ का खेलअघि नेपालले बेलायतको स्थानीय टोली तथा स्टकल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेलहरू खेल्ने कार्यक्रम छ।
सिरिजका लागि रोहितकुमार पौडेल कप्तान र दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।
टोलीमा गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल समावेश छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com