सबैलाई पठाउनु होला

गोरखा, १९ असोज  । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको संघारमा आज गोरखामा भएको काँग्रेसको जिल्ला निर्वाचनमा कार्यकर्ताले असन्तुस्ती जनाउदै नाराबाजी गरेका छ्न ।

बिहानदेखि भोकभोकै लाइनमा बसेर पनि मतदान गर्न ढिलो भएपछी मतदाताहरु आक्रोशित बनेका थिए ।

आज भईरहेको निर्वाचनमा २ उप सभापतिका लागी ५ जनाको उम्मेदवारी परेको छ । निकै समय बितिसक्दा पनि मतदान गर्न नपाएपछि मतदाता आक्रोशित बनेका थिए ।

उप सभापतिका लागी धिरन थापा, रबिकला खनाल, सिपी पोखरेल, हरीबहादुर गान्धारी र ईमान सिं बस्न्यात रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार २ सचिवका लागी समेत ५ जनाकै उम्मेवारी परेको छ । सचिव पदका लागी ओमबहादुर गुरुङ, कृण्णबहादुर आले, रामप्रसाद भण्डारी, तारानाथ पुडासैनी र किशोरजंङ थापाको उम्मेदवारी परेको छ ।

सह सचिव पदमा ८ जनाको उम्मेदवारी परेको छ । सह सचिवमा कमलप्रसाद अंगाई, गगन अधिकारी, दिपक हमाल, भेषराज पाण्डे, मानप्रसाद घिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र विश्व भट्टले उम्मेदवारी दर्ता गराएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com