गोरखा, १९ असोज । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको संघारमा आज गोरखामा भएको काँग्रेसको जिल्ला निर्वाचनमा कार्यकर्ताले असन्तुस्ती जनाउदै नाराबाजी गरेका छ्न ।
बिहानदेखि भोकभोकै लाइनमा बसेर पनि मतदान गर्न ढिलो भएपछी मतदाताहरु आक्रोशित बनेका थिए ।
आज भईरहेको निर्वाचनमा २ उप सभापतिका लागी ५ जनाको उम्मेदवारी परेको छ । निकै समय बितिसक्दा पनि मतदान गर्न नपाएपछि मतदाता आक्रोशित बनेका थिए ।
उप सभापतिका लागी धिरन थापा, रबिकला खनाल, सिपी पोखरेल, हरीबहादुर गान्धारी र ईमान सिं बस्न्यात रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार २ सचिवका लागी समेत ५ जनाकै उम्मेवारी परेको छ । सचिव पदका लागी ओमबहादुर गुरुङ, कृण्णबहादुर आले, रामप्रसाद भण्डारी, तारानाथ पुडासैनी र किशोरजंङ थापाको उम्मेदवारी परेको छ ।
सह सचिव पदमा ८ जनाको उम्मेदवारी परेको छ । सह सचिवमा कमलप्रसाद अंगाई, गगन अधिकारी, दिपक हमाल, भेषराज पाण्डे, मानप्रसाद घिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र विश्व भट्टले उम्मेदवारी दर्ता गराएका छ्न ।

