सबैलाई पठाउनु होला

घोराही उपमहानगरपालिका इञ्चार्ज प्रमोद शर्मा तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिवले मंगलबार बिहान सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा हलचल भएको हो । हिजो सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडका असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् । माओवादी जनयुद्धका बेलादेखि पार्टीमा लागेका प्रमोदका जेठा दाइले माओवादी युद्ध मै ज्यान गुमाएका थिए ।  उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर,उनी पराजित भएकी थिइन् । शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट बनेको उल्लेख गरियको छ ।

 शर्माले रातोपाटीसँग भने, ‘म अब माओवादीमा रहन्न,बरु सामाजिक रुपमा काम गर्ने छु, जे सामाजिक सञ्जालमा लेखेको त्यही ।  हो अन्य मेरो केही  छैन् ।’  भन्दै  शर्माले अब आफू माओवादीमा नरहने  बताएको छ ।
 उनले तत्काल अर्को पार्टीमा प्रवेश गर्ने विषयमा कुनै निर्णय नभएको रातोपाटीलाई खुलाएको छ । यता माओवादी दाङ जिल्ला इन्चार्ज जीवन गौतमले शर्माले राजीनामा दिएको आफूले सुनेको रातोपाटीलाई बताए । उनले भने, ‘म नेपालगञ्ज जाँदै छु । उहाँको असन्तुष्टि के हो त्यस बिषयमा छलफल हुन्छ र उहाँको समास्या समाधान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com