घोराही उपमहानगरपालिका इञ्चार्ज प्रमोद शर्मा तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिवले मंगलबार बिहान सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा हलचल भएको हो । हिजो सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडका असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् । माओवादी जनयुद्धका बेलादेखि पार्टीमा लागेका प्रमोदका जेठा दाइले माओवादी युद्ध मै ज्यान गुमाएका थिए । उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर,उनी पराजित भएकी थिइन् । शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट बनेको उल्लेख गरियको छ ।

