नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , गृहमन्त्री बालकृष्ण खाण र प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान प्रचण्डको निवास खुमलटारमा गृहमन्त्री खाण र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।
2०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको छ।
तालमेलबारे नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि छलफल भइरहेका छन्। यसैबीच सत्तागठबन्धनबीच चुनावी तालमेलको पनि तयारी रहेको छ।

