धनगढी – अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चाैधरीका अनुसार दुर्घटनामा करिब २०-२५ जना घाइते भएका छन् ।
उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ ।
अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।
घाइतेहरूको उद्धारको काम भइरहेको छ । उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी आएको छैन ।

