सबैलाई पठाउनु होला

धनगढी –    अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको छ  । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको हो  ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चाैधरीका अनुसार दुर्घटनामा करिब २०-२५ जना घाइते भएका छन् ।

उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको  छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ ।

अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले  भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।

घाइतेहरूको उद्धारको काम भइरहेको छ । उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी आएको   छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com