रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्रले जितेको हो ।अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका हुन ।
विष्टले नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ मत अन्तरले पराजित गरेका हुन । विष्टले ६ हजार १९ मत प्राप्त गर्दा चन्दले ४ हजार ३२० मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी कमला रोका २ हजार ५ सय ३८ मतान्तरले विजयी भएकी छन् ।
रोकाले ५ हजार ९ सय ५८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय २० मत पाएको थियो ।
गाउँपालिकाका कूल ११ वडामध्य ९ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २ वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।

