सबैलाई पठाउनु होला

रुकुम –    रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्रले जितेको हो ।अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका हुन  ।

विष्टले नेपाली कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ मत अन्तरले पराजित गरेका हुन  । विष्टले ६ हजार १९ मत प्राप्त गर्दा चन्दले ४ हजार ३२० मत ल्याएका थिए  ।

त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी कमला रोका २ हजार ५ सय ३८ मतान्तरले विजयी भएकी छन् ।

रोकाले ५ हजार ९ सय ५८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय २० मत पाएको थियो  ।

गाउँपालिकाका कूल ११ वडामध्य ९ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २ वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com